आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानबीचको खेल रद्द

आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानबीचको खेल रद्द

बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानबीचको खेल रद्द

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    क्यानडाको किङसिटीमा मंगलबार राति ८:४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् ।

    क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मंगलबार चौथो खेल खेल्न लागेको थियो ।

    शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

    लिग-२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौं स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ ।

    उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij