प्रेसर कुकर बम राख्ने दुई जना पक्राउ

प्रेसर कुकर बम राख्ने दुई जना पक्राउ

मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • प्रेसर कुकर बम राख्ने दुई जना पक्राउ

    काठमाडौं । शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलका अनुसार सोमबार बेलुका विराटनगर ३ को खाली चौरमा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको र सोही सन्दर्भमा संलग्न दुई जनालाई पक्राउ गरिएको हो  ।

    उनीहरूले कुकर बमजस्तो देखिनेगरी लुकाई राखेको मोरङ प्रहरी प्रमुख पोखरेलले बताए । स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएसँगै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

    पक्राउ परेका मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट लामो डेडकर्ड र सोडा आधा किलोग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

    नेकपा माओवादीको ५ वटा पत्र, ४ थान खाली खामसँगै प्रहरीले मिश्रबाट २ ठेली सहयोग रसिद पनि बरामद गरेको छ । ३ वटा मोबाइलसँगै मिश्रको साथबाट मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्रपनि फेला पारेको छ ।

    त्यसैगरी, अधिकारीको साथबाट प्रहरीले आर्थिक सहयोग सम्बन्धि लेखिएको महावीर महासचिव भनिएको नेकपा माओवादीको ४ वटा पत्र, मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्र, एसबिआइ बैंकको चेक, डिजिटल स्टाम्प १ थान बरामद गरेको छ ।

    प्रहरीले दुवै जनालाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij