विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ ।

    आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।

    नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij