साफ यू–१७ मा नेपालले श्रीलंकासँग खेल्दै, टिममा २ परिवर्तन

साफ यू–१७ मा नेपालले श्रीलंकासँग खेल्दै, टिममा २ परिवर्तन

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • साफ यू–१७ मा नेपालले श्रीलंकासँग खेल्दै, टिममा २ परिवर्तन

    काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । 

    पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल पहिलो जीतको खोजिमा हुने छ । उता श्रीलंका पनि घरेलु टोली भुटानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । सेमिफाइनलको यात्रा तय गर्नका लागि नेपालले आज श्रीलंकाविरुद्ध फराकिलो जित निकाल्नु पर्ने छ । साथै आजै हुने भुटान र पाकिस्तानबीचको खेलको नतिजाले पनि प्रभाव पार्ने छ । नेपालले समूह चरणको अन्तिम खेलमा घरेलुटोली भुटानसँग खेल्ने छ ।

    थिम्पुमा रहेको चाङ्लिमिथाङ  रंगशालामा नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुने छ ।

    नेपालको प्लेयिङ ११ मा २ परिवर्तन गरिएको छ । पाकिस्तानविरुद्धको खेलमा पहिलो रोजाईमा रहेका पवन पाख्रीन, विज्ञान खड्कालाई बेन्चमा राखिएको छ । उनीहरुको ठाउँमा सविन कुमार लुंगेली र अनुभव पुरीले खेल्ने छन् । 

    नेपाली टिम यसप्रकार छ

    एकराज विश्वकर्मा, प्रशान्त मोक्तान, जोन विष्ट, सुजन डंगोल, सविन कुमार लुंगेली, सुवास बम (कप्तान), पेम्बा नोर्बु भोटे (गोलकिपर),  भुवन कामी, कृष्णबहादुर आले, अनुभव पुरी र निशान्त लावत ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij