पारस खड्काले लिजेण्ड्स लिग नखेल्ने

पारस खड्काले लिजेण्ड्स लिग नखेल्ने

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • पारस खड्काले लिजेण्ड्स लिग नखेल्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पुर्वकप्तान पारस खड्काले लिजेण्ड्स लिग २०२४ नखेल्ने भएका छन् । भारतमा शुक्रवार सुरु लिजेण्ड्स लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् ।

    पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । अहिले क्यान र प्रदेशको वार्षिक साधरण सभा तथा नेपाल प्रिमियर लिग(एनपीएल) मा ब्यस्त रहने भएको कारणले उनी लिजेण्ड्स लिग खेल्न नजाने भएको बताइएको छ । 

    पारस आवद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन् । लिगमा ६ टोलीले सहभागिता जनाउँदै छन् । 

    क्यानको वार्षिक साधरण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारीछ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij