श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

    काठमाडौं । श्रीलङ्कामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिनेका छन् ।

    उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् । श्रीलंकामा १० औं राष्ट्रपति चयन गर्न सेप्टेम्बर २१ मा मतदान भएको थियो । हिजै साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । १ करोड ७० लाख मतदाताहरुमध्ये करीब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । सन् २०१९ को नोभेम्बरमा भएको पछिल्लो निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो ।

    श्रीलंकाको निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसनायकेले ५२ प्रतिशत मत पाएका छन् । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेदवार हुन् । १६ प्रतिशत मात्रै मत पाएर निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे तेस्रो स्थानमा छन् । साजिश प्रेमदासा २२ प्रतिशत मतसहित दोस्रो स्थानमा छन् । प्रेमदासा एक पटक फेरि मुुख्य प्रतिपक्ष बन्नेछन् ।

    रनिलका विदेशमन्त्रीले निर्वाचनमा रनिलको हार स्वीकार गरेका छन् । गएको निर्वाचनमा दिसानायकेको एनपीपीले ३ प्रतिशत मात्रै मत पाको थियो । महिन्दा राजापाक्षका छोरा नमल राजापाक्ष यस निर्वाचनमा चौथो स्थानमा समेटिएका छन् ।

    सन् २०२२ को आर्थिक संकटयता यो श्रीलंकामा भएको पहिलो निर्वाचन हो । २०२२ को आर्थिक संकटको समयमा गोतबाया राजापाक्षे सरकारविरुद्ध बृहत स्तरमा जनविद्रोह भएको थियो । प्रदर्शनकारीहरू कोलम्बोमा रहेको राष्ट्रपतिको निवासमा घुसेका थिए । त्यसपछि गोतबाया देश छाडेर भाग्न बाध्य भएका थिए । त्यतिबेला रनिलले देशको बागडोर सम्हालेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij