एनपीएलमा ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख, अक्सनका लागि दर्ता प्रक्रिया खुला

एनपीएलमा ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख, अक्सनका लागि दर्ता प्रक्रिया खुला

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • एनपीएलमा ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख, अक्सनका लागि दर्ता प्रक्रिया खुला

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला भएको छ । नेपाल क्रिकेट संघले शनिबार एक प्रेस विज्ञप्तिमार्फत अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने जानकारी दिएको हो ।

    अक्सनमा सहभागी हुने खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने छ । ‘ए’ ग्रेडमा हाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी र कुशल भुर्तेल छन्।

    बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ र सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ ।

    आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली सहभागी हुनेछन् । यी ८ फ्रेन्चाइज टोलीले लक्की ड्र मार्फत मार्की खेलाडी पनि अनुबन्ध गरिसकेका छन् । काठमाडौंले तीव्र गतिका बलर करण केसीलाई मार्की पाउँदा पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख र कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी, सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रुपमा अनुबन्ध गरिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij