नारायणगढ–मुग्लिन सडकमा एकतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडकमा एकतर्फी यातायात सञ्चालन

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • नारायणगढ–मुग्लिन सडकमा एकतर्फी यातायात सञ्चालन

    भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको रिजालले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्ने तयारी भइरहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij