बैंकिङ कसुरमा ९ करोड बढी जरिवाना, एक पक्राउ

बैंकिङ कसुरमा ९ करोड बढी जरिवाना, एक पक्राउ

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • बैंकिङ कसुरमा ९ करोड बढी जरिवाना, एक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

    प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’   फर्जी कम्पनीकाृ कागजात बनाएर कर्जा लिएको खुलेको हो । उक्त मुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाएको थियो । थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij