अभ्यास खेलमा क्यानडाको एचपी जागर्सविरुद्ध नेपाल ६६ रनले विजयी

अभ्यास खेलमा क्यानडाको एचपी जागर्सविरुद्ध नेपाल ६६ रनले विजयी

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • अभ्यास खेलमा क्यानडाको एचपी जागर्सविरुद्ध नेपाल ६६ रनले विजयी

    काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो ।

    उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५,  नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३,  आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।

    त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई÷दुई विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij