एकादशी र औँसीमा पशुपंक्षी बध गर्न नपाइने !

एकादशी र औँसीमा पशुपंक्षी बध गर्न नपाइने !

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • एकादशी र औँसीमा पशुपंक्षी बध गर्न नपाइने !

    काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्‌भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ । 

    'औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्‌भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ,' सूचनामा भनिएको छ ।

    नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक सांस्कृतिक परम्पराअनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए ।

    उनका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो ।

    नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij