काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

    काठमाडौं । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप-२०२४ का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । बिहीबार नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली भलिबल टिमको घोषणा गरेको हो । 

    टिममा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली र विश्वास अधिकारी परेका छन् । यस्तै, सागर रसौली, अशोक राना,जितबहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र  दिपेश कुँवर टिममा परेका छन् । 

    बन्द प्रशिक्षणमा सहभागीमध्येबाट भलिबल संघले १२ सदस्यीय टिम छनोट गरेको हो । काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिप  ४ देखि १२ अक्टोबरसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ । नेपालको यु-२० पुरुष भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij