इजरायलको आक्रमणमा परी गाजामा राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु

इजरायलको आक्रमणमा परी गाजामा राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • इजरायलको आक्रमणमा परी गाजामा राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु

    काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । 

    इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ बालबालिका र १९ महिलासमेत छन् । 

    आक्रमणबाट शिविर र नजिकको दुई वटा घरमा क्षति पुगेको छ । आक्रमणबाट प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यु.एन.आर.डब्ल्यू.ए.) मा कार्यरत कर्मचारीहरु मारिएका हुन् ।

    गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा एउटै घटनामा संयुक्त राष्ट्रसंघका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो । 

    इजरायली सेनाले भने अल जाउनी स्कुल भित्रबाट आक्रमणको योजना बनाउने आतंकवादीहरुमाथि सटिक हमला गरेको जिकीर गरेको छ । उसको दाबी के पनि छ भने आक्रमणबाट सर्वसाधारणको कमभन्दा कम क्षति होस् भनेर पर्याप्त ध्यान राखिएको थियो ।

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले इजरायलको आक्रमणको निन्दा गरेका छन् । शरणार्थीहरु बसेको स्कुलमा गरिएको आक्रमण असह्य भएको भन्दै उनले इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको समेत बताएका छन्  । यस्ता आक्रमण रोक्न उनले अनुरोध समेत गरेका छन् ।

    राष्ट्रसंघका अनुसार उक्त स्कुल १२ हजारभन्दा बढी शरणार्थीहरुको आश्रय स्थल हो । उक्त स्कुलमा ११ महिनाको बीचमा पाँचपटक आक्रमण भइसकेको छ ।  त्यही स्कुलमा यसअघिको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो । गाजामा इजरायलको हमलाबाट ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij