आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटका लागि छानिए २९ खेलाडी

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटका लागि छानिए २९ खेलाडी

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटका लागि छानिए २९ खेलाडी

    काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनाैटका लागि नेपालको पहिलो चरणमा २९ खेलाडी छनाैट गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पहिलो चरणमा २९ खेलाडीलाई छनाैट गरेको हो ।

    गत वर्ष चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानले उल्लेख गरेको छ ।

    पहिलो चरणको टोलीमा सिनियर टोलीबाट खेलिसकेका पूजा महत्तोसहितका खेलाडी पनि समावेश छन् ।

    पहिलो चरणको क्याम्प सेप्टेम्बर १५ देखि ३० सम्म दाङमा हुनेछ । एसिया छनोट नोभेम्बर ६ देखि १३ सम्म युएईमा हुँदैछ । नेपाल पहिलो खेल थाइल्याण्डसँग नोभेम्बर ६ मा खेल्नेछ ।

    दोस्रो खेल नोभेम्बर ७ मा कुवेत, तेस्रो खेल नोभेम्बर ९ मा युएईसँग खेल्नेछ । दोस्रो चरणमा नेपालले नोभेम्बर १० मा थाईल्याण्ड, नोभेम्बर १२ मा कुवेतसँग र नोभेम्बर १३ मा यूएईसँग खेल्ने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij