शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, १५ लाख प्रभावित

शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, १५ लाख प्रभावित

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, १५ लाख प्रभावित

    काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ४० भन्दा बढी मानिसहरु घाइते छन् । 

    त्यहाँका विद्यालयहरु बन्द गरिएको छ भने तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् भने घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

    तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो ।

    यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो ।

    तुफानले भियतनाममा रेड नदी माथिको पुल भत्काएइदिएको छ । अहिले ३७५ मिटर लामो उक्त पुलको अहिले आधा भाग मात्र देखिन्छ ।

    एक भिडियोमा पुलमा गुडिरहेका लरी, कार र स्कुटरहरु नदीमा खसेको देखिन्छ । त्यहाँबाट ती जनाको उद्धार गरिएको र १३ जना हराइरहेको जनाइएको छ । 

    तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन् ।

    दक्षिणी चीनका सहरहरु यागी तुफानबाट विहीबारदेखि नै प्रभावित भएका थिए । विद्यालय र हवाई उडानहरु बन्द गरिएको थियो । चीनमा तुफानको असर कम भएपछि अहिले पुनर्स्थापनाको काम जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij