गणेश महोत्सव आज समापन गरिँदै

गणेश महोत्सव आज समापन गरिँदै

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • गणेश महोत्सव आज समापन गरिँदै
    काठमाडौँ । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रुपमा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्दछन् ।
     
    समितिले बत्तीसपुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजाआराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताए । 
     
    महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिए।
     
    कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीनदिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्नबाधा उत्पन्न नहोस् भनेर हिन्दू धर्मसंस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।
     
    हिन्दू वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताए । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij