काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।
रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।
राजदूतले सरकारी खर्चमा दुई जनासम्म सहयोगी लैजान पाउने व्यवस्था छ। तीमध्ये एक जना स्वदेश फिर्ता आएको नदेखिएपछि रिजालको नाम फिर्ता लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्छ । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।
प्रस्तावित राजदूतहरूमाथि संसदीय सुनुवाइ भइरहेको छ।