अवरुद्ध कान्तिलोकपथ खुल्यो

अवरुद्ध कान्तिलोकपथ खुल्यो

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • अवरुद्ध कान्तिलोकपथ खुल्यो

    मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । 
     
    सो स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार, हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij