आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

    काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

    मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।

    भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालीन समयमा नेपाली साहित्यमा उनले गरेको योगदान अतुलनीय छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij