काठमाडौं । प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको । सो क्रममा प्रहरीले जोसीको घरबाट सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।
पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार सााझ जोसीको काठमाडौं शंखमूलस्थित घरमा छापा मारेको हो । त्यस क्रममा बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।
पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । काठमाडौं प्रहरी परिसरका प्र्रमुख समेत रहिसकेका जोशीको ग्यालेक्सी टेलिभिजनमासमेत लगानी रहेको बताइएको छ ।