काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

    काठमाडौं । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो । 

    सोझो यातायात अवरुद्ध हुँदा मुस्ताङबाट म्याग्दीतर्फ आउने र म्याग्दीबाट मुस्ताङतर्फ जाने तिर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिको उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि जाने तिर्थयात्रीहरुलाई समस्या भएको जनाइएको छ ।

    सडकमा ठुला ढुङ्गाहरु खसेकोले मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij