बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी

बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी

    काठमाडौं । बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी भएको छ ।

    हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेका छन् । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij