काठमाडौं । मुस्ताङ, थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। शुक्रबार दिउँसो थासाङ गाउँपालिका-२मा हिँउको ढिस्को खस्दा बोक्से खोला थुनिएको हो ।
बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ। पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।
मुस्ताङ लेतेमा दिउँसो साढे ३ बजेको तापक्रम १७.२८ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
यसअघि २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमा हिमपहिरो आएको थियो।