मर्स्याङ्दी बस दुर्घटना : १५ जना अचेत, ११ जना बेपत्ता

मर्स्याङ्दी बस दुर्घटना : १५ जना अचेत, ११ जना बेपत्ता

शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • मर्स्याङ्दी बस दुर्घटना : १५ जना अचेत, ११ जना बेपत्ता

    काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा भेटिएका छन् भने ११ जना बेपत्ता भएका छन् ।

    त्यस्तै, १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

    बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ । सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij