जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । नारायणीपारिको सुस्तागाउँका अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो ।

     जग्गाधनी प्रमाणपत्र नहुँदा व्यापार–व्यवसाय दर्ता पनि हुनसकेको र कतिपय स्थानीयले बिनादर्ता  व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि उत्पादित सामग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।

    सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका क्रममा रहेकाले विद्युत् मिटरका लागि पनि जग्गाधनीपुर्जा नहुँदा समस्या भएकाले आफ्ना समस्या सम्बोधन गर्न सुस्तावासीले सरकारसँग माग गरेका छन् । सुस्तागाउँमा झण्डै तीन सय परिवारको बसोबास छ । अधिकांशसँग नागरिकता नहुँदा उनीहरू राज्यले प्रवाह गर्ने सेवासुविधाबाट वञ्चित भएका छन् ।

    सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागि सुस्तावासी आउने गरे पनि कार्यालयले जग्गाधनीपुर्जा नभएको भन्दै फिर्ता पठाइदिने गरेको छ । नागरिकता नहुँदा धनीपुर्जा पनि सुस्तावासीसँग छैन ।

    सुस्तावासीका समस्याप्रति संवेदनशील जिल्लाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सुस्ताको समस्या विशिष्ट किसिमको भएकाले स्थानीय तहको सिफारिसका आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता जयसवालले बताए।

    स्थानीय तहको सिफारिसका आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहतको घरेलु कार्यालयमा हुनुपर्नेमा मागसहितको ज्ञापनपत्र बुझाइएको छ । सुस्ता भौतिक पूर्वाधारले सम्पन्न हुँदै गए पनि नागरिकता समस्या भने समाधान हुन सकेको छैन ।  नारायणी नदीमा पारि सुस्तागाउँ जोड्नेगरी  झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij