पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

    नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि गल्छी–रसुवागढी सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सैयौ सवारी अलपत्र परेका छन् । सोही रुटको आसपासमा वैकल्पिक सडक नभएका कारण यातायातका साधन आवातजावतमा समस्या भएको कार्कीले बताए ।

    धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुंदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

    बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij