भैँसीले बाघ मारेपछि.......

भैँसीले बाघ मारेपछि.......

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • भैँसीले बाघ मारेपछि.......

    मकवानपुर । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको भैँसीले आज बिहान बाघ मारेको हो । 

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ भैँसीको प्रतिकारमा मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

     मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्ने बताइएको छ । मरेको बाघ परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij