पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
    मुग्लिन (चितवन) । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । 
     
    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो । 
     
    पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij