बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा  शुकदेव  काफ्ले

    हेटौँडा । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । 

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा (६) को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

    नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij