बञ्चरो प्रहार गरेर सुतिरहेका बाबुको हत्या, छोरा पक्राउ

बञ्चरो प्रहार गरेर सुतिरहेका बाबुको हत्या, छोरा पक्राउ

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बञ्चरो प्रहार गरेर सुतिरहेका बाबुको हत्या, छोरा पक्राउ

    काठमाडौं । हरिहरपुरगढीमा सोमबार राती आफ्नै छोराले बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ पञ्चचौरी लामपातेका ५८ वर्षिय लाल बहादुर घिमिरे (वि.क) को उनकै माईलो छोरा २१ वर्षिय अमृत घिमिरे (वि.क) ले सुतिरहेका बाबुको बञ्चरो प्रहार गरि हत्या गरेका हुन् ।

    बेलुका साढे आठ बजेतिर आफ्नै ओछ्यानमा सुतिरहेका बाबुलाई छोराले बञ्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बञ्चरोले टाउकोमा प्रहार गरेको र लाल बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बाबुको हत्या गर्ने छोरा अमृतलाई सोमबार राती नै बञ्चरो सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धान अनुसार अमृतको मानसिक अवस्था ठीक नभएको भन्ने जानकारी प्रहरीले प्राप्त गरेको छ । लालबहादुरको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij