हेटौडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गरेका छन् । गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रदेश प्रमुख देवकोटो आज प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका हुन् ।प्रदेश प्रमुखको स्वागतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।देवकोटा बागमतीका चौंथो प्रदेश प्रमुख हुन् ।
आजै निवर्तमान प्रदेश प्रमुख यादव चन्द्र शर्माको बिदाई नवनियुक्त्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर बिदाई गरे ।