शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा १ लाख सहयोग

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा १ लाख सहयोग

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा १ लाख सहयोग

    सिमकोट (हुम्ला) । सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा रु १ लाख सहयोग गरेका छन् ।
     
    सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र सुधार गर्न शिक्षक, अभिभाव र विद्यार्थीसहित शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उनले बताए । विद्यालयको गुणस्तर सुधार गर्न अब पालिकाले विद्यालय सञ्चालक समिति र विद्यालयले शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए । 
       
    वडाध्यक्ष कार्कीबाट प्राप्त रकम शैक्षिक तथा खेलकुद सामग्री खरिदमा उपयोग गरिने विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij