काठमाडौंमा जुवाकाे खालबाट ९ जना पक्राउ

काठमाडौंमा जुवाकाे खालबाट ९ जना पक्राउ

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौंमा जुवाकाे खालबाट ९ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कबिर देउला समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ११ हजार रूपैयाँ र १३ वटा ओखर सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij