काठमाडौं । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरुको साथबाट १ करोड १ लाख २६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।