काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा ४ लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९० हजार र ग्रेडवृद्धितर्फ १ लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर १ हजार ५ सय २५ परीक्षा केन्द्र र जापानमा १ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।