अरुण चौधरी र थापा चिरायु अस्पतालमा भर्ना

अरुण चौधरी र थापा चिरायु अस्पतालमा भर्ना

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • अरुण चौधरी र थापा चिरायु अस्पतालमा भर्ना

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका चौधरी ग्रुपका सदस्य अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन् । उनीहरुलाई बिहिवारराती नै अस्पताल भर्ना गरिएको बताइएको छ ।

    बिहिवार अपरान्ह केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएका चौधरीको मुटुमा समस्या देखिएपछि महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको बताइएको छ । पक्राउ परेका तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष ८२ वर्षिय थापाले पनि प्रसर लगायतका औषधी सेवन गरिराखेका कारण सोहि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

    अरुण चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ । नीहरुले सरकारको नाममा रहेको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सोहि क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको ब्युुरोले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij