बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार
    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
     
    मुख्यमन्त्री लामाले सपथ लिनुभएसँगै आजै  १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरुलाईसमेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए । 
     
    नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए । 
     
    शपथ ग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागार्इं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित थियो । 
     
    बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गरेको छ।  मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 
     
    बागमती प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे थिए । 
     
    दोस्रो कार्यकालमा नेकपा (माओवादी)का  तर्फबाट मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल र हाल नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री बने । जम्मकट्टेलको मन्त्रिपरिषद्मा उनी आर्थिक मन्त्रालयको मन्त्री थिए । 
     
    आज विस्तारित मन्त्रिपरिषद्मा जिम्मेवारी नतोकिएका मन्त्रालयको जिम्मेवारी नतोकिएसम्म मुख्यमन्त्री लामाले उक्त मन्त्रालय सम्हाल्नु हुनेगरी प्रदेश प्रमुख शर्माले जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij