हतकडीसहित फरार भएका थुनुवा भक्तपुरबाट पक्राउ

हतकडीसहित फरार भएका थुनुवा भक्तपुरबाट पक्राउ

बिहिवार, पौष १९ २०८०
बिहिवार, पौष १९ २०८०
  • हतकडीसहित फरार भएका थुनुवा भक्तपुरबाट पक्राउ

    काठमाडौं । हतकडीसहित राजधानीबाट फरार भएका थुनुवा भक्तपुरको दुवाकोटबाट पक्राउ परेका छन् । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहिवार  बिहान दुवाकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

    एक प्रहरी अधिकृतमा अनुसार, अदालत लगेका बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई एक घरमा लुकेर बसेको अवस्थामा  पक्राउ गरिएको हो । डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । 

    सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij