गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

    काठमाडौं । बागमती प्रदेश सरकारको आइतबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको हाे ।

    यसअघि सामाजिक विकास मन्त्रालय मार्फत् रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको थियाे । थप रकम सोमबार नै भरतपुर महानगरपालिकालाई रकमान्तर हुनेछ ।

    बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९-०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।

    यस्तै मन्त्री परिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको असार २९ देखि साउन ४ गतेसम्म हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका नेकपा एमालेका मन्त्रीहरु बैठकमा उपस्थित थिएनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij