भारतको मेघालयमा कोइलाखानीमा काम गर्ने चार नेपालीको हत्या

भारतको मेघालयमा कोइलाखानीमा काम गर्ने चार नेपालीको हत्या

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • भारतको मेघालयमा कोइलाखानीमा काम गर्ने चार नेपालीको हत्या

    काठमाडौँ । भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको घाँटी रेटेर हत्या भएको जनाइएको छ । मारिने ४ जनामा सुनसरीको धरान र भोजपुरका नेपाली भएको जनाइए पनि नाम सार्वजनिक भएको छैन ।

    उनीहरु स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको सो घटनाको सुचना दिल्लीस्थित नेपाली दूतावासलाई समेत प्राप्त भएको बताइएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुुसार पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको जनाइएको छ । घट्नाको बिस्तृत बिवरण आउान बाकी रहेको समाचारमा जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij