२८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्र इन्ट्री

२८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्र इन्ट्री

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • २८ हजार सवारी चालक अनुमतिपत्रको नम्बर मात्र इन्ट्री

    काठमाडौं । सवारी लाइसेन्सका २८ हजार नम्बर मात्र इन्ट्री भएको पाइएको छ । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको फेला परेको हो । त्यति मात्र हैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको अख्तियार स्रोतले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै नाम, थर, ठेगाना नखुलाई लाइसेन्सको नम्बर मात्रै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा इन्ट्री गरिएको पाइएको हो । लाइसेन्स वितरणमा अनियमितता भएको  विषयमा उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ ।  

    २०७२ भदौदेखि २०८० भदौसम्मको विवरण छानबिन गर्दा २८ हजारभन्दा बढी लाइसेन्सको नम्बर मात्रै इन्टी गरेको फेला परेको अख्तियार स्रोतले बताएको छ । सो अवधिमा महानिर्देशक भएका १० जनाको पालामा १२ हजारभन्दा बढी नम्बर इन्ट्री हुँदा निमित्तका पालामा नै बढी सङ्ख्यामा नम्बर इन्ट्री भएको पाइएको स्रोतको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij