ब्रेक सुु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

ब्रेक सुु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • ब्रेक सुु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

    काठमाडौं । सुन तस्करी गर्ने समूहले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३२ क्विन्टल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको खुलेको हो । यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्छ ।

    २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । त्यसैको अनुसन्धानका क्रममा सो घटनामा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । ती मध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन् । 

    उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij