पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

शनिवार, आषाढ १५ २०८१
शनिवार, आषाढ १५ २०८१
  • पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

    काठमाडौं । पद्मश्री साहित्य पुरस्कार-२०८० का लागि विस्तारित सूची (लङलिस्ट) सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । 

    १५ पुस्तक मध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।  उनका अनुसार प्राप्त १८६ वटा साहित्यिक पुस्तक मध्येबाट विस्तारित सूची चयन गरिएको हो । 

    नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ  । 


    पद्मश्री उत्कृष्ट विस्तारित सूचीमा परेका कृतिहरू

    १. अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

    २. अद्वैत- उपन्यास, कृष्ण गौतम

    ३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा

    ४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन

    ५. गोधूलि गीत- उपन्यास, भानु बोखिम

    ६. गोपीचा- उपन्यास, विश्व कुइकेल

    ७. जोगियाना- संस्मरण, कुमार नगरकोटी

    ८. बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले

    ९. बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना

    १०. बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल

    ११. बोरा- उपन्यास, अखण्ड भण्डारी

    १२. भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

    १३. लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा

    १४. संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो

    १५. साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij