११ महिनामा बागमती प्रदेशको बजेट कार्यान्वयन ५१.५१ प्रतिशत मात्रै

११ महिनामा बागमती प्रदेशको बजेट कार्यान्वयन ५१.५१ प्रतिशत मात्रै

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • ११ महिनामा बागमती प्रदेशको बजेट कार्यान्वयन ५१.५१ प्रतिशत मात्रै

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा बागमती प्रदेश सरकारको आधा बजेट मात्रै कार्यान्वयन भएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपैयाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । 

    प्रदेश सरकारले चालु आवका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ४१ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको थियो । प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कुल बजेटको ४१.२६ प्रतिशत अर्थात् २५ अर्ब ८७ करोड ६१ लाख १० हजार ८५३ रुपैयाँ खर्च गरेको थियो ।

    चालु आवका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ विनियोजन गरिएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत जेठ महिनासम्ममा पुँजीगततर्फ ५०.३१ प्रतिशत चालुतर्फ ५४.११ प्रतिशत खर्च भएको जनाएको छ ।

    वैशाख महिनासम्ममा पुँजीगततर्फ ३८.३८ प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij