ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

    काठमाडौं । सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ । राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरिएको  प्रहरीले जनाएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार, सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग जोडिएका ठगीसम्बन्धी मुद्दामा राईविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो एनसीबी काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको हो । 

    राई गोरखा मिडिया नेटवर्कका कार्यकारी अध्यक्ष हुन् । सोही नेटवकबाट सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक रहेका राईमाथि आफैँ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोप लागेको छ । उनीमाथि कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

    यो मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ । उनीविरुद्ध सहकारी ऐन र मुलुकी अपराधसंहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।  सोहि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नामसमेत मुछिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij