काठमाडौं । आज बिहान संसद भवनभित्रको शौचालयमा मृत फेला परेका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका दोलखा घर भएका नेपाल प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा आज बिहान शौचालयभित्र मृत फेला परेका थिए।
शौचालयमा गोली चलेको आवाज सुनेपछि गएर हेर्दा गोलेको घट्नास्थलमै मृत्युु भएको बताइएको छ । उनले इन्सास राइफलबाट आफैंले निधारमा गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार, उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइराखेको छ । गोलेको शव परिक्षणका लागि सिभिल अस्पतालमा लगिएको छ ।