धारिलो हतियार प्रयोग गरी युवकको हत्या, दुुई घाईते

धारिलो हतियार प्रयोग गरी युवकको हत्या, दुुई घाईते

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • धारिलो हतियार प्रयोग गरी युवकको हत्या, दुुई घाईते

    म्याग्दी । म्याग्दीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरिएको छ । थप दुुई युवा घाईते भएका छन् । सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरी घुगङ्गा गाँउपालिका–१ बेगघर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको हो।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाको समूहले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। गर्बुजाको टाउको र छातीमा चोट लागेको थियो।  उपचारका लागि बेनी अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

    प्रहरीका अनुसार थप दुई घाइतेको उपचार बेनी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij