ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

    काठमाडौं ।  मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । माघदेखि ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको हो । 

    स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए ।

    अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij