वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

बुधवार, पौष १८ २०८०
बुधवार, पौष १८ २०८०
  • वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

    काठमाडौँ । वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका हुुन् ।  

     बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी सो रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले  वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् । 

    यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ ।  सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij