नक्कली प्रवेशपत्र लिएर एकैदिनमा तेश्रोपटक लाइसेन्सको ट्रायल दिँन खोजेपछि.......

नक्कली प्रवेशपत्र लिएर एकैदिनमा तेश्रोपटक लाइसेन्सको ट्रायल दिँन खोजेपछि.......

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • नक्कली प्रवेशपत्र लिएर एकैदिनमा तेश्रोपटक लाइसेन्सको ट्रायल दिँन खोजेपछि.......

    भक्तपुर । सवारी लाइसेन्स प्रकृयामा कतिसम्म लापरवाही हुन्छ भन्ने नमूना सोमवार भक्तपुरमा भएको एउटा घट्नाले देखाएको छ ।  राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा ट्रायल दिन आएका एक परिक्षार्थीबाट तीन वटा नक्कली प्रवेशपत्र फेला परेको छ । त्यति मात्र होइन, दुुई वटा प्रवेश पत्रबाट दुुई पटकसम्म फेल भएपछि  ती व्यक्ति तेश्रो प्रवेश पत्र लिएर तेश्रोपटक लाइसेन्सको ट्रायल दिँन क्रममा पक्राउ परे । प्रहरीका अनुसार, सवारी लाइसेन्स ​परीक्षामा दुई पटक फेल भएपनि तेस्रोपटक नक्कली प्रवेशपत्र प्रयोग गर्दा इलाम चुलाचुली ४ घर भइ काठमाडौँ थली बस्ने १८ वर्षीय सिजन पुरी पक्राउ परेका हुन्। 

    पहिलो पटक परीक्षामा पास नभएका पुरीले दोस्रो पटक नक्कली प्रवेशपत्र लिएर ट्रायल दिएका थिए । 
    दोस्रो पटक पनि ट्रायल फेल भएपछि तेस्रो पटक नक्कली प्रवेशपत्र लिएर ट्रायल दिइरहेका बेला उनी पक्राउ परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका पुुरीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमी पठाइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij